दफा १६२
जवर्जस्ती काममा लगाउन नहुने

(१) कसैले कसैलाई निजको इच्छा बिरुद्ध काममा लगाउन हुँदैन।तर सार्वजनिक कामको लागि कानून बमोजिम श्रममा लगाउन यस दफाले बाधा पु¥याएको मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।